Logo

आयल निगमलाई पेट्रोलमा नाफा, डिजलमा अझै घाटा



काठमाडौं, १६ साउन । नेपाल आयल निगमलाई महिनौंपछि पहिलोपटक पेट्रोलमा नाफा हुने भएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएकोमा निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा हुने भएको हो । डिजेलमा भने प्रतिलिटर १० रुपैयाँ नोक्शानी हुने भएको छ ।

नयाँ मूल्यसूची अनुसार आइओसीले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल १२ रुपैयाँ ४५ पैसा घटेको उल्लेख गरेको छ । यसअघिको मूल्य सूचीमा पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

निगमलाई भने अझै मासिक झण्डै डेढ अब बराबरको घाटा रहेको जनाइएको छ । निगमले यसकारण मूल्य घटाउने सम्भावना कम छ ।



प्रतिक्रिया दिनुहोस्