Logo

आज ८९५ जना कोरोना संक्रमित थपिए, १ जनाको निधन



काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ५ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमध्ये ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

यस्तै, २६४ जनाले भने कोरोना जितेका छन् । अहिले देशभरि चार हजार ९ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्