Logo

सर्विया र कोसोभोबीच तनाव बढ्दा यूरोपमा फेरि अर्को युद्धको खतरा



काठमाडौं, १६ साउन । यतिबेला पूर्वी यूरोपको देश युक्रेनमा युद्ध चलिरहेको छ । महिनौंको युद्ध रोकिने छाँट छैन । ठूलो धनजनको क्षति पुगेको छ ।

यूरोपको मुख्य खाद्यान्न सामाग्री उत्पादक देश हो युक्रेन । युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशहरुसँग रुसको टकराव बढेको छ । रुसमाथि प्रतिबन्धहरु लगाइएको छ । जसले यूरोपमा ऊर्जा संकट छ । एउटा युद्धले समस्यामा परेको यूरोपमा अर्को युद्धको खतरा बढेको छ ।

यूरोपको मध्यतिर रहेको पूर्व युगोस्लाभिया अलग भएर बनेका देशहरु सर्विया र कोसोभोबीच तनाव बढेको छ । कोसोभोमा नाटोको सैनिक केन्द्र पनि छ । तर, सर्वियालाई रुसले सहायता गर्ने वचन दिइसकेको छ । त्यहाँ युद्ध भएमा सर्वियालाई रुसले र कोसोभोलाई अमेरिकासहित नाटो देशहरुले सघाउने छन् । त्यतिबेला भीषण युद्ध हुनसक्छ ।

२०औं शताब्दीको अन्ततिर सर्विया र कोसोभोबीच युद्ध भएको थियो । सन् २००८ मा कोसोभो स्वतन्त्र भएको थियो । तर, सर्वियाले उसलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्