Logo

ओलीद्वारा पहिलोपटक महाकाली सन्धीमा कमजोरी स्वीकार



काठमाडौं, १६ साउन । केपी शर्मा ओलीले मुख्य भूमिका नखेलेको भए महाकाली सन्धी संसदबाट पारित हुँदैनथियो । ओलीले नै महाकाली सन्धीबारे नेकपा एमालेभित्र अडान लिएर पारित गर्ने पक्षमा निर्णय गराउन सके । जसका कारण एमाले विभाजन समेत भयो ।

महाकाली सन्धीमा आफूले सही निर्णय लिएको बताउँदै आएका छन् ओली । उनले त्यतिबेला देशले खरबौंको आम्दानी गर्ने भाषण समेत गरे । तर, सन्धी भएको दुई दशक बितिसक्दा पनि डिपिआर तयार भएको छैन ।

ओलीले पहिलोपटक सार्वजनिक रुपमा महाकाली सन्धीमा त्रुटी रहेको स्वीकारे । उनले पानीको बारेमा चर्चा नहुनु कमजोरी भएको बताएका हुन् । त्यतिबेला तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा चर्चा नहुनुलाई कमजोरी भने । तर, पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धीले स्थापित गरेको दाबी गरे ।

पूर्वसचिव समेत रहेका जलस्रोतविद डा. द्वारिकानाथ ढुंगेलको पुस्तक विमोचनमा ओलीले भने,‘महाकाली सन्धीले आधा पानी नेपालको हो भनेर स्थापित गरेको छ ।’ तल्लो शारदा नहर पनि चलेको विषयमा चर्चा नभएको र त्यस्ता विषयमा ल्याप्सेस भएको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्