Logo

पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुलाई निःशुल्क गुर्जोको चियाको सेवा, जडिबुटी पनि वितरण (फोटोफिचर)



काठमाडौं, १६ साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवट र उनका परिवारका सदस्यहरुले आज पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क गुर्जोको चियाको सेवा गरेका छन् ।

साउनको आज तेस्रो सोमबार । भगवान शिवको दर्शन गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा ठूलो घुईँचो लागेको थियो । सो अवसरमा राजलवट र उनका दाजु रमेशबहादुर राजलवट र बहिनी अञ्जु प्रधानले गुर्जोको चिया सेवा गर्नुको साथै नेपाली जडिबुटीका बेर्ना निःशुल्क रुपमा वितरण गरेका थिए ।

राजलवटले गुर्जोको महत्वको बारेमा समेत प्रकाश पारेका थिए । राजलवटले आगामी दिनमा यस्तो सेवा काठमाडौं उपत्यकाका मुख्य मुख्य चोकहरुमा प्रदान गरिने जनाए । Photo Source: Kamal Bahadur Rajlawat/Facebook

 



प्रतिक्रिया दिनुहोस्