Logo

वेस्ट इण्डिज विजयी



एजेन्सी । बायाँ हाते मध्यम गतिका बलर ओबेड म्याकोयले घातक बलिंङ गरेपछि घरेलु टोली वेस्ट इण्डिजले भारतविरुद्ध जारी टि-२० आई सिरिजमा पहिलो जीत निकालेको छ । सोमबार राति भएको सिरिजको दोस्रो खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै वेस्ट इण्डिजले ५ खेलको सिरिज १-१ को स्थितिमा ल्याएको हो ।

जीतको लागि १ सय ३९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १९.२ ओभरमै ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाउँदै लक्ष्य भेट्टायो । इण्डिजको लागि ब्रान्डोन किंङले ५२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । यस्तै डेभोन थोमसले १९ बलमा २ छक्का र १ चौकासहित ३१ रन बनाउँदा निकलोस पोरानले १४ रन बनाए । भारतको लागि अर्शदिप सिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, हार्दिक पान्ड्य र आवेश खानले १/१ विकेट लिए ।

यसअघि वार्नर पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत १९.२ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो । भारतको लागि हार्दिक पान्ड्यले सर्वाधिक ३१ रन बनाउँदा रविन्द्र जडेजाले २७, ऋशव पन्तले २४, सूर्यकुमार यावदले ११ रन बनाउँदा श्रेयर आयर र रविचन्द्रन आश्विनले १०/१० रन बनाए ।

वेस्ट इण्डिजको लागि ओबेड म्याकोय ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर ६ विकेट लिँदा जेसन होल्डरले दुई विकेट लिए । अल्जारी जोसेफ र अकेल होसेइनको नाममा १/१ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो टि-२० आई खेल मंगलबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्