Logo

सीआईएको ड्रोन हमलामा अढाई करोड डलर टाउकोको मूल्य तोकिएका अलकायदा नेता मारिए



एजेन्सी, १७ साउन । अमेरिकाको खुफिया एजेन्सी सीआइएको ड्रोन हमलामा अलकायदाका नेता अयमन अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपनि जो वाइडेनले यसबारे जानकारी दिएका हुन् ।

आइतबार अफगानिस्तानमा सीआइएले ड्रोन हमला गरी जवाहिरीलाई मारेको हो । सन् २०११ मा अलकायदाका संस्थापक नेता ओसामा विन लादेन मारिने गरी पाकिस्तानमा भएको हमलापछिको यो ठूलो अमेरिकी कारबाही हो ।

वाइडेनले जवाहिरी मारिएपछि न्याय प्रदान गरिएको बताए । उनले ह्वाइट हाउसबाट विशेष टेलिभिजन सन्देश दिए ।

इजिप्टका जवाहिरी पेशाले चिकित्सक थिए । अमेरिकाले उनको टाउकाको मूल्य साँढे दुई करोड राखेको थियो । उनले ११ सेप्टेम्बर २००१ को ट्वीन टावर हमलामा संयोजकको भूमिका खेलेका थिए । उक्त हमलामा ३ हजार मानिस मारिएका थिए ।

सीआइएको हमला हुँदा काबुलस्थित उनी लुकेको घरको बाल्कोनीमा थिए । त्यहाँ सीआइएले ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरेको थियो ।

काबुलमा अलकायदा नेता लुकाइएको भन्दै वाइडेनले तालिवान नेताहरुको आलोचना गरे । २०२० मा दोहा सम्झौता विपरित तालिवानले गतिविधि गरेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्