Logo

विश्व शारीरिक सुगठन संगठन विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा श्रेष्ठ नियुक्त



काठमाडौं, १७ साउन । विश्व शारीरिक सुगठन संगठन विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा व्यवसायी राजेश बाबु श्रेष्ठलाई नियुक्त गरिएको छ । नव नियुक्त अध्यक्ष श्रेष्ठलाई विश्व शारीरिक सुगठन संगठनले सोमबार नियुक्त गरेको हो ।

संगठनका अध्यक्ष डाटुक पल चुवाले श्रेष्ठलाई दिएको नियुक्ति पत्रमा आगामी दिनमा शारीरिक सुगठन क्षेत्र प्रवर्द्धनका लागि थप सहकार्य गर्दै जाने उल्लेख गरेका छन्।

डेढ महिनाअघि सरकारले व्यवसायी श्रेष्ठले अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्ने स्वीकृति पाएका थिए ।

मनकामना केबलकारसँगै चितवन कोइ कनस्ट्रक्सनमा आबद्ध श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot