Logo

श्रीलंकाका राष्ट्रपति रनिल राजापाक्षेको बचाउमा बोलेपछि…



एजेन्सी, १७ साउन । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेको बचाउ गरेका छन् । विक्रमासिङ्घेका अनुसार गोटबाया स्वदेश फर्कने अहिले अवस्था रहेको छैन् ।

अप्रिलमा गोटाबायाको विरोधमा लाखौं मानिसहरू विभिन्न शहरहरूमा सडकमा उत्रिएका थिए । यसअघि उनका भाइ तथा पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेले देश छाडेका थिए । जुलाई १३ मा गोटाबाया पनि कोलम्बोबाट माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । उनको विरुद्धमा धेरै आन्दोलन भए ।

रनिल राजापाक्षे ब्रदर्सको पार्टनर भएको र उनीहरुका लागि काम गर्ने बताइएको छ । श्रीलंकाको अखबार ‘डेली मिरर’का अनुसार राष्ट्रपति विक्रमासिङ्घेले देशमा धेरै मिहिनेतपछि सेना र प्रहरीले शान्ति स्थापनामा कुनै समस्या नहोस् भन्ने चाहेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

यही कारण उनी यो कठिन परिस्थितिमा गोटाबाया वा उनको परिवार स्वदेश फर्काउन चाहँदैनन् । रनिलले भने–‘मलाई लाग्दैन अवस्था पूर्णतया नियन्त्रणमा छ र यसबेला गोटबाया स्वदेश फर्किनुपर्छ । यसले फेरि सडकमा हिंसा, आगो निम्त्याउन सक्छ। यस्तो अवस्थामा गोटाबाया स्वयम् स्वदेश फर्किन चाहन्छन् भन्ने पनि मलाई लाग्दैन ।



प्रतिक्रिया दिनुहोस्