Logo

एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई ई-सेवाको बम्पर अफर, १ हजार जनालाई छात्रवृत्ति



काठमाडौं, साउन १७ । भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत १ हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्ति दिने भएको छ।

यसका लागि विद्यार्थीहरुले ई-सेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि ई-सेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफूले पढ्न चाहेको विषय रोज्नु पर्नेछ। यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन्।

यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ। कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट ई-सेवा डटकम डट एनपीमा हेर्न सकिनेछ। ई-सेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सकिन्छ।



प्रतिक्रिया दिनुहोस्