Logo

विप्लवमाथि पक्राउ पुर्जी जारी भएपछि सन्तोष बुढा फायर, निर्णय फिर्ता नलिए एक्शनमा उत्रिने चेतावनी (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता सन्तोष बुढामगरले अदालतले आफ्नो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेकोमा आपत्ति जनाए । उनले अहिलेसम्म आफूहरु अदालतको निर्णयभन्दा बाहिर रहेको भन्दै अदालतको निर्णय नमान्ने चेतावनी दिए ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिलेसम्म हामी अदालतको निर्णयभन्दा बाहिर छौं । तर, यसो भनिरहँदा हाम्रा कतिपय साथीहरु अदालतको निर्णयअनुसार पनि छुटिरहनुभएको छ । हामी एउटा खालको अवस्थाबाट शान्ति प्रक्रियामा आएका छौं । तर, अहिले अदालतबाट जुनखालको हाम्रो नाममा पक्राउ पुर्जी काट्ने काम भयो, यो अदालतको आदेशको सन्दर्भमा, हामीले तत्कालिन सरकारसँग तीन बुँदे सहमति गर्दाखेरि नै यो अदालतको मुद्दा खारेज गर्ने सहमति भएको थियो ।’

उनले आफूहरुमाथि मुख्य रुपमा सरकारले नै षड्यन्त्र गरेको आरोप लगाए । उनले आफ्ना पार्टीका नेताहरुमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । उनले अहिलेपनि पार्टीका नेता तथा कार्यकर्ताहरु जेलमा रहेको भन्दै उनीहरुको रिहाईको पनि माग गरे ।



प्रतिक्रिया दिनुहोस्