Logo

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण



काठमाडौं, १७ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । निजी सचिवालयले जनाएअनुसार पोखरेलले हिजो गराएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अहिले पोखरेल घरमै आराम गरेर बसेका छन् । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ ।

सचिवालयले भनेको छ,”नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू कोभिड- १९ बाट संक्रमित हुनुभएको छ । आज गरिएको परिक्षणबाट कोरोना पोजेटिभ देखिएपछि उहाँ धापासीस्थित निवासमै आराम गरिरहनुभएको छ । उहाँलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उहाँको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।”



प्रतिक्रिया दिनुहोस्