Logo

पूर्व मुख्यमन्त्री एनटीआरकी छोरी घरमै मृत भेटिइन्



एजेन्सी, १७ साउन । तेलुगु देशम पार्टी टीडीपीकी संस्थापक तथा पूर्व मुख्यमन्त्री एनटी रामाराव (एनटीआर)की छोरी उमा महेश्वरीले सोमबार आत्महत्या गरेकी छन् । उनको शव हैदरावादको जुबली हिल्स क्षेत्रमा रहेको घरमा छतको पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनी ५२ वर्षकी थिइन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि उस्मानिया अस्पताल पठाएको भारतीय समाचार एजेन्सीले जनाएको छ ।
उमा महेश्वरी केही रोगबाट पीडित थिइन् । उनी पछिल्ला केही महिनादेखि उपचार गराइरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी डिप्रेसनमा गएको प्रहरीले अनुमान गरेको छ ।

उमा महेश्वरीको जीवन कष्टकर थियो, उनको पहिले नरेन्द्र राजनसँग विवाह भएको थियो । तर त्यतिबेला उनको अर्की केटीसँग अफेयर थियो । यति मात्र होइन उमालाई कुटपिट पनि गर्थे । जब एनटीआरलाई यो कुरा थाहा भयो, उनले नरेन्द्रलाई चेतावनी पनि दिइन्, तर पनि उनको व्यवहार परिवर्तन भएन।

यसपछि एनटीआरले उमालाई नरेन्द्रसँग सम्बन्ध विच्छेद गरि कृष्ण जिल्लाका कान्थमनेनी श्रीनिवास प्रसादसँग दोस्रो विवाह गरिन् ।
एनटीआरले सन् १९८२ मा तेलुगु देशम पार्टी (टीडीपी) स्थापना गरेका थिए। उनले तेलुगु जनताको आत्मसम्मानको नारा दिए । ९ महिनाभित्र चुनाव भयो र एनटीआरको पार्टी सत्तामा आयो । त्यसपछि अविभाजित आन्ध्रमा कांग्रेस शासन समाप्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस्