Logo

चीनद्वारा ‘आगोसँग नखेल्न’ भन्दै अमेरिकालाई कडा चेतावनी



एजेन्सी, १७ साउन । अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुग्दैछिन् । एशिया भ्रमणमा निस्किएकी पेलोसी आज या भोलिभित्र ताइवान पुग्ने चर्चा छ । उनी ताइवान पुग्न लागेको भन्दै चीनले कडा चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले आगोसँग खेलेमा जल्ने प्रतिक्रिया दिएका छन् । चीनको कडा र स्पष्ट सन्देशबारे अमेरिका होशियार रहेको विश्वास समेत व्यक्र गरे ।

चाओले पेलोसीले ताइवान भ्रमण गरेमा चिनियाँ सैनिक चुप लागेर नबस्ने बताए । चीन सार्वभौमिकता र भौगोलिक एकताको रक्षाका लागि कडा प्रतिकार गर्न तयार रहेको बताए ।

चीनले ताइवानको स्वतन्त्रतालाई साथ दिन पेलोसी चीन पुग्न लागेको ठहर चिनियाँ अधिकारीहरुको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot