Logo

थप २३२ विद्यालयमा ‘स्कुल नर्स’राख्दै स्थानीय तह



काठमाडौं, १७ साउन । सरकारले आगामी आर्थिक वर्षमा थप २३२ विद्यालयमा स्कुल नर्स राख्ने भएको छ ।

स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार थप २५ स्थानीय तहका विद्यालयहरुमा स्कुल नर्स राख्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अनुसार प्रदेश १ का एक स्थानीय तहमा भएका १० विद्यालय, प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालय, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालय, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालय, कर्णालीको ७ स्थानीय तहका ७० विद्यालय, सुदुरपश्चिमका ४ स्थानीय तहका ३८ विद्यालयमा यसैबर्षबाट नयाँ स्कुल नर्स रहने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot