नेप्सेमा आज सामान्य अंकको गिरावट, ३ अर्ब बढीको कारोबार


काठमाडौं, १७ साउन । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ।

साताको कारोबारको तेस्रो दिन नेप्से परिसुचक २ दशमलव ७६ अंकले घटेर २१९३ दशमलव ४८ विन्दुमा रोकिएको हो ।

आज २१७ कम्पनीको ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।