Logo

त्रिशुली आयोजनाका इन्जिनियरको डिजाइन र भारतको सहयोगमा नुवाकोटको त्रिभुवन माविको भवन बन्यो



काठमाडौं, १७ साउन । नुवाकोटको श्री त्रिभुवन माविको नवनिर्मित भवनको कथा रोचक छ । यो भवनको डजाइनर अन्य कामका सिलसिलामा नेपाल आएका हुन् । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के. आई सिंह हुन् भवनको डिजाइनर ।

आज विद्यालय भवनको उद्घाट गरिएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरी र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले उक्त नवनिर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरे ।

विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।
विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् ।



प्रतिक्रिया दिनुहोस्