Logo

नेपालले बङ्गलादेशसँग बराबरी खेलेपछि फाइनलको यात्रा कठिन



काठमाडौं, १७ साउन । नेपाली यु २० फुटबल टोलीले बङ्गलादेशसँग १-१ को बराबरी खेलेको छ । भारतको भुवनेश्वरमा भएको साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपाल फराकिलो गोल अन्तरले जीत्नैपर्ने वाध्यतामा थियो ।

खेलको दोस्रो हाफको ६३औं मिनेटमा मोहमद पियास अमहेदको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । तर, आक्रामक खेलेको नेपालका तर्फबाट निरञ्जन मल्लले ६८औं मिनेटमा बराबरी गोल फर्काए ।

नेपालसँगको बराबरीपछि बङ्गलादेश फाइनमा पुगेको छ । नेपालको फाइनल यात्रा कठिन भएको छ । मालदिभ्स र भारतबीचको प्रतिष्पर्धाको नतिजाले नेपालको यात्रा टुंगो लाग्नेछ । तर, नेपाल फाइनलमा पुग्न भारतलाई मालदिभ्सले हराउनुपर्ने हुन्छ जुन कठिन छ ।

नेपालले भारतसँग ८० को गोलको पराजयका कारण फाइनलको यात्रा कठिन भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्