Logo

चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…



एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् ।

पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । उनको भ्रमणले अमेरिका र चीनबीच टकराव बढ्ने विश्लेषण गरिएको छ ।
चीनले आफ्नो भूमि दाबी गर्दै आएको ताइवानमा आक्रमण गर्ने सम्भावनाबीच पेलोसी पुगेकी हुन् । ताइवानलाई अमेरिकाको साथ मिल्दै आएको छ ।

एशिया भ्रमणमा पेलोसी निस्कदा नै ताइवान पुग्ने चर्चा थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले आगोसँग खेलेमा जल्ने प्रतिक्रिया दिएका थिए । चीनको कडा र स्पष्ट सन्देशबारे अमेरिका होशियार रहेको विश्वास समेत व्यक्त गरेका थिए ।

चाओले पेलोसीले ताइवान भ्रमण गरेमा चिनियाँ सैनिक चुप लागेर नबस्न चेतावनी दिदै सार्वभौमिकता र भौगोलिक एकताको रक्षाका लागि कडा प्रतिकार गर्न तयार रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्