Logo

सप्तकोशीको भंगालो उदयपुरको बस्तीमा पस्यो, हजारौँ घरपरिवार उच्च जोखिममा



उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ ।

पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो । प्रहरीका अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ ।

उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको बताइएको छ । अहिले जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका – ५ डुबानमा परेका छन्।

त्यस क्षेत्रमा सोमबार देखि नै बाढीको उच्च जोखिम रहेको भन्दै प्रहरीले स्थानीयलाई बस्ती छोड्न माइकिङ गरेको थियो । अहिले प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बाढीको फ्लो कम गराउन कोशी ब्यारेजका ३२ ढोका खोलिएको छ ।



प्रतिक्रिया दिनुहोस्