Logo

रामपुर क्याम्पस र डिनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी



काठमाडौं, साउन १८ गते । नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाईले क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदीलाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेजीको माग गरेको छ ।

संघले सुवेदीको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

नेविसंघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध जनाएको हो ।

सभापति सुरज यादव र सचिव आशिष देवकोटाले हस्ताक्षर गरेको विज्ञप्तीमा तालाबन्दीलाई लापरबाही गरेर विद्यार्थीलाई झन जिस्काउने कार्य गरेमा अझै शसक्क्तरुपमा आन्दोलन गर्ने पनि चेतावनी दिइएको छ ।

विद्यार्थीले उठाएको सही मुद्धालाई हस्तक्षेप गर्न क्याम्पस प्रमुख सुवेदीले अखिल क्रान्तिकारीको स्थानीय गुण्डाहरु प्रयोगमा ल्याएको इकाई सचिव आशिष देबकोटाले बताए ।

विद्यार्थीहरूको जायज आवाजलाई दबाउन स्वयम् क्याम्पस प्रमुखले विधार्थीलाई डर, त्रास र असुरक्षित महसुस हुने कार्य गराएको समेत उनीहरुले आरोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot