Logo

नारायणगढ–मुग्लिन सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन



काठमाडौं, १८ साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सञ्चालन भएका छन् ।

भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरोले बाटो अवरुद्ध भएको थियो ।

करीब ८ घण्टापछि दुईतर्फी सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । ८ घण्टा सम्म जाम पर्दा यात्रुहरु मर्कामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्