Logo

मेचीनगरले बनायो सञ्चार प्रतिष्ठान



काठमाडौँ,१८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर सञ्चार प्रतिष्ठान स्थापना गरेको हो ।

मेचीनगरबाट दुई दैनिक, पाँच साप्ताहिक, १० अनलाइन र तीन एफएम रेडियो सञ्चालनमा छन् । नगरले बनाएको कार्यविधिमा नौ सदस्यीय प्रतिष्ठानमा एक स्नातक तह उत्तीर्ण पत्रकार अध्यक्ष र पाँच वर्ष पत्रकारिता अनुभव प्राप्त तीन महिलासहित सात पत्रकार सदस्य रहने छन् । पाँच वर्ष पत्रकारिता अनुभव प्राप्त व्यक्ति सदस्यसचिवको रूपमा नियुक्त हुने छन् ।

प्रतिष्ठानको अध्यक्ष नगरप्रमुखको सिफारिस र सदस्यहरू कार्यपालिकाको सिफारिसमा हुने व्यवस्था छ । नगरपालिकाले प्रतिष्ठानमार्फत स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन र तालिम उपलब्ध गराउने नगरप्रमुख गोपालचन्द बुढाथोकीले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्