Logo

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं, १८ साउन । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । सुन प्रतितोला ३ सय र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मुल्य पनि आज घटेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्