Logo

वामदेवले वामपन्थी मिलाउन नसक्ने भएपछि…



काठमाडौं, १८ साउन । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी मिलाउने र त्यसपछि नेकपा माओवादी केन्द्रमाथि दबाब बढाएर वामपन्थी एकता गराउने वामदेव गौतमको रणनीति थियो । तर, वामपन्थी एकता त परै जाओस् समाजवादी केन्द्र पनि गठन गर्न नसकिने भएपछि गौतम सत्ता गठबन्धनभित्रै सिट लिएर बढ्ने तयारीमा छन् ।

गौतमले काँग्रेससँगको गठबन्धनमा जाने अवस्था रहेको खुलाइसकेका छन् । आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दा माधव नेपालसँग एकता र प्रचण्डसँग सहकार्यको कुरा भएको पनि गौतमले खुलाए । तर, मुखले भनेजस्तो त्यो सम्भव नदेखिएको गौतमको निष्कर्ष देखियो ।

वामदेवले निकै मिहनेत गर्दा पनि वाम गठबन्धन नहुने भएको हो । प्रचण्डले देउवासँगै मिलेर जाने र आलोपालो प्रधानमन्त्री अनुसार जाने संकेत गरिसकेका छन् । उनले आफूलाई प्रधानमन्त्रीको दाबेदार बनाइसके ।

देउवा र प्रचण्ड मिलेर जाने भएपछि माधव नेपाल पनि गठबन्धनमै रहने निश्चित नै छ । चुनावअघि गठबन्धन नतोडिने वातावरण बलियो बन्दै गएको छ । यसकारण ओली नेतृत्वको एमाले एक्लै चुनावमा जाने परिस्थिति छ । यद्यपि ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा वा महन्थ ठाकुर नेतृत्वको लोसपाका अलावा साना दलहरुसहितको गठबन्धन बनाएर जाने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot