Logo

के विमलेन्द्र निधि ‘यू टर्न’ भएका हुन्



काठमाडौं, १८ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

धर्मनीरपेक्षका कट्टर पक्षधरका रुपमा परिचित निधिले काँग्रेस सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालय स्थापना गर्दा धार्मिक गुरुहरुलाई निम्तो गरी आरम्भ गरेका थिए ।

निधिले काँग्रेस महाधिवेशनभन्दा केही महिना अघि भक्तपुरमा धर्मनीरपेक्षबारे बोल्दा काँग्रेस कार्यकर्ताले नै विरोध गरेका थिए । उनले पटक पटक धर्मनीरपेक्षको पक्षमा बोले । पछिल्लो समय भने उनले धार्मिक गतिविधि बढाएका छन् ।

निधि अयोध्या पुगे । उनी जानकी मन्दिर समेत रहेको धनुषाको निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएकाले अयोध्या भ्रमण अर्थपूर्ण छ ।

यसपटक उनले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई दिल्लीस्थित उक्त पार्टीको मुख्यालयमै भेटे । यो भेट अर्थपूर्ण छ ।

विगतमा निधिले तत्कालीन भाजपा अध्यक्ष अमित साहलाई भेटेका थिए । साह भाजपाका शक्तिशाली नेता हुन् । नेपालका कमैमात्र नेताहरुले उनीसँग भेटेका छन् । जसमध्ये निधि पनि थिए ।

निधिले पछिल्लो समय भाजपासँग सम्पर्क बढाउनुलाई चुनावी तयारीका समेत हेरिएको छ । हिन्दूवादी विचारधाराको भाजपा नेतासँग निधिले व्यक्तिगत भेटघाट गरेर हिन्दू धर्मको मुद्दाबारे महत्वपूर्ण कुराकानी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्