Logo

आज ९१५ कोरोना संक्रमित थपिए



काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ६ हजार २ जनामा गरिएको परीक्षणमा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जनाले कोरोना जितेका छन् । आज ९१५ संक्रमित थपिएसँगै देशभरि अहिले ५ हजार ४ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्