Logo

यी हुन् मधेश प्रदेशको साइकल भ्रष्टाचारकाण्डमा मुद्दा दायर गरिएकाहरु



काठमाडौं, १८ साउन । मधेश प्रदेशको साइकल भ्रष्टाचारकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १० करोड ३३ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालीन प्रदेश सचिवसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा ओम सत्य साई प्रालि वीरगञ्जका रेनु अग्रवाल, तत्कालीन प्रमुख सीडीई भगवान झा, सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दास, उपसचिव दिलिपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण, सह लेखापाल राजाराम मण्डल छन् ।



प्रतिक्रिया दिनुहोस्