Logo

ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद



काठमाडौं, साउन १९ । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो ।

सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षण आईजीपी धिरजप्रताप सिंहबीच फोन संवादमा भनाभनको स्थिति आएको छ ।

महानगरपालिकाले गत १० साउनबाट नख्खु–एकान्त कुनामा लागू गरेको वान वे प्रहरीले हटाएको थियो । महानगरपालिकाले यसअघि पनि विभिन्न सडकमा वान वे कायम गर्दै आएको थियो ।

प्रहरीले यसअघि बेवास्ता गर्दै आए पनि पछिल्लोपटक भने महानगरपालिकाले गरेको वान वे सडकलाई हटाएर दुईतर्फी (टु वे) बनाएको हो । प्रहरीले वान वे हटाएपछि मेयर महर्जन आफैं ‘वान वे’ क्षेत्रमा पुगेर फेरि दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका थिए ।

मेयर महर्जनले आईजीपीको ठाडो निर्देशनमा वान वे हटाएको भन्दै टेलिफोन गरेर आफ्नो काममा डिस्टर्ड नगर्न चेतावनी दिएका थिए । उनले आईजीपीसँग फोनमा भनाभन भएको समेत बताएका छन् । स्थानीय सरकारले गरेको निर्णयमा प्रहरीले हस्तक्षेपमा उनको आक्रोश छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्