Logo

गोलरक्षक स्लोनिना चेल्सीमा अनुबन्धित



काठमाडौं, साउन १९ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अमेरिकी युवा गोलरक्षक गाब्रिएल स्लोनिनालाई अनुबन्ध गरेको छ । चेल्सीले स्लोनिनालाई ६ वर्षको लागि अमेरिकी क्लब सिकागो फायरबाट १२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । सम्झौता अनुसार अब उनी सन् २०२८ सम्म चेल्सीमा रहनेछ ।

चेल्सीसँग सम्झौता गरेपनि उनी केही सिजन सिकागो फायरमै लोनमा रहने बुझिएको छ । उनी अर्को सिजनसँगै चेल्सीमा आधिकारिक रुपमा आउनेछ ।

चेल्सीले गत सिजन नै स्लोनिनालाई अनुबन्ध गर्न चाहेपनि यसपटक मात्रै सफल भएको हो । स्लोनिना यो समरमा रहिम स्टर्लिङ र कालिडो कोउलिबालीपछि चेल्सीमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् । १० वर्षको उमेरदेखि सिकागो फायरसँग रहेका स्लोनिना १४ वर्षको उमेरमा अमेरिकी मेजर लिग सकर ९एमएलएस० मा अनुबन्ध हुने दोस्रो कान्छो खेलाडी बनेका थिए ।

१७ वर्षको उमेरमा डेब्यु गर्दै उनी एमएलएस खेल्ने सबैभन्दा कान्छा गोलरक्षक बने । उनले हालसम्म ३४ पटक खेलिसकेका छन् । अमेरिकाको उमेर समूह यू–१५, १६, १७ र यू–२० बाट प्रतिनिधित्व गरिसकेका उनले सिनियर टोलीमा भने मौका पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्