Logo

“पेरिसडाँडामा देउवाको फोटो राखे हुन्छ”



काठमाडौं, १९ साउन । नेकपा एमालेका युवा नेता रमेश पौडेलले आफ्नो पार्टी आफ्नो बुतामा लड्न सक्षम रहेको बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पौडेलले उस्तै झन्डा, उस्तै विचार र उस्तै अनुहार लिएर वामपन्थीविरुद्ध लाग्नु घातक रहेको टिप्पणी गरे । उनले थपे, “प्रभुहरुको सेवा संगत गुनाको फल हो । माओवादी केन्द्रले एमालेसँग सहकार्य चाहेको हो भने कांग्रेसको कान्छीऔंला समाउन छाड्नुपर्छ ।”
साथै उनले आफ्नो मान्यता र बलिदानी सबै बिर्सेर एमालेलाई घेराबन्दी गर्नु भनेको मुलुक र राष्ट्रियतामाथि पनि घेराबन्दी भएको दाबी गरे । पौडेलले भने, “यस्तै गर्दै जाने हो भने पेरिसडाँडामा शेरबहादुर देउवाको फोटो राखे हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्