Logo

आयरल्याण्डविरुद्धको पहिलो टी–२० मा दक्षिण अफ्रिका विजयी



काठमाडौं, साउन १९ । गएराति सम्पन्न खेलमा घरेलु टोली आयरल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका २१ रनले विजयी भएको छ ।

२१२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १९० रनमा समेटिएको थिया । लोर्कन टकरले ३८ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै ७८ रन बटुलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै, जर्ज डकरेलले ४३, पउल स्टर्लिङले १८, कप्तान एन्डी बलबर्नीले १४ र एन्डी म्याकब्राइनले १० रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराज, वेन पार्नेल, ताबरेज शाम्सीले दुईरदुई तथा लुङ्गी एनगिडी र ड्वेन प्रिटोरियसले एकरएक विकेट हात पारे ।

त्यसअघि ब्रिस्तोलस्थित काउन्टी मैदानमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २११ रन बनायो । उसका लागि रीजा हेन्ड्रिक्स र एडेन मार्करम अर्धशतकीय पारी खेले । ७८ रन बनाएका हेन्ड्रिक्सले ५३ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

मार्करमले २७ बलमा पाँच छक्का र दुई चौकासहित ५६ रन जोडे । ट्रिस्टन स्टब्सले २४, ड्वेन प्रिटोरियसले अविजित २१ र रस्सी भान डेर डुसेनले १० रनको योगदान गरे ।

आयरल्याण्डका लागि ग्यारेथ डेलानीले दुई तथा जोस लिटल र एन्डी म्याकब्राइनले एकरएक विकेट लिए । यो जितसँगै दक्षिण अफ्रिकाले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।



प्रतिक्रिया दिनुहोस्