Logo

ऋषि धमलालाई झाँक्रीको जवाफ-मैले एमाले फुटाएर मन्त्री बन्दा तपाईँको के बिग्रियो ? (भिडिओसहित)



काठमाडौं, १९ साउन । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाल पार्टीको सर्वेसर्वा नेता रहेको भन्दै अहिले विकल्प खोज्ने बेला नभएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘माधव नेपाल हाम्रो पार्टीको सर्वेसर्वा नेता हो, अहिले उहाँको विकल्प खोज्ने बेला भएको छैन् । न अधिवेशन छ, न महाधिवेशन छ, न सम्मेलन छ ।’ उनले समाजवादी केन्द्र बनाउने उद्देश्य भने आफूहरुले राखेको बताईन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘एउटा बृहत्तर वामपन्थीहरुको केन्द्र भए राम्रो, त्यो पूर्व प्रधानमन्त्रीहरुको क्लब खडा गरेर, त्यो कुनै वामपन्थी केन्द्र वा समाजवादी केन्द्र हुन्छ कि हुन्नँ ? हामी डिबेट गरौंला । छलफल गरौंला नि ।’ उनले अहिले समाजवादी केन्द्र बनाउने प्रस्तावमात्रै भएको र परिपक्व भैनसकेको जिकिर गरिन् ।

उनले आफूहरुले एमाले विभाजन गरेर कुनै अपराध नगरेको पनि स्पष्ट पारिन् । पत्रकार धमलाले तपाईँले एमाले विभाजन गरेर मन्त्री पाउनुभयो, जनताले के पाए त ? भनेर सोधेको प्रश्नको जवाफमा झाँक्रीले भनिन्–”अनि बिग्रियो त कसको ? तपाईँको केही बिग्रियो ? मैले कसको के बिगारें त ? यस्तो कुरा पनि हुन्छ र ? आरोपको लागि आरोप मात्रै गर्ने नि ।”



प्रतिक्रिया दिनुहोस्