Logo

‘कोई मिल गया’ का अभिनेता मिथिलेश चतुर्वेदीको निधन



एजेन्सी, १९ साउन । चलचित्र तथा टिभीका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार मिथिलेशले ३ अगस्टको साँझ लखनउमा अन्तिम सास लिएका थिए ।

उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए । रिपोर्टका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो । त्यसपछि उनी आफ्नो गृहनगर लखनउ सरेका थिए ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा भाइ भाइबाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे।

 



प्रतिक्रिया दिनुहोस्