Logo

वरुणले सेयर गरे जोयसँगको भिडियो



एजेन्सी, १९ साउन । बलिउड अभिनेता वरुण धवनले सामाजिक सञ्जालमा आफ्नो पाल्तु कुकुर जोयको तस्बिर र भिडियोहरू प्रायः सेयर गर्छन्।

हालै मात्र आफ्नो आगामी फिल्म बवलको सुटिङ सकेर अभिनेता स्वदेश फर्किएका छन् । यसैबीच वरुणले आफ्नो कुकुरसँगको एउटा सुन्दर भिडियो सेयर गरेका छन् । भिडियोमा वरुण आफ्नो कुकुरलाई चुम्बन गर्दै र खुसीले पुच्छर हल्लाउँदै देखिएका छन् ।

वरुणले जोयलाई मायाले अँगालो हाल्छन्। वरुणले भिडियो सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ४५ दिनपछि घर फर्किएँ र म जोयलाई देखेर निकै खुसी छु ।



प्रतिक्रिया दिनुहोस्