Logo

बिग बोस फेम प्रियांक शर्मामाथि आक्रमण



एजेन्सी, १९ साउन । भारतीय चर्चित टिभी अभिनेता प्रियांक शर्मालाई ३० जुलाईमा गाजियाबादको एक अस्पतालमा अज्ञात व्यक्तिले आक्रमण गरेका थिए ।  अज्ञात व्यक्तिको आक्रमणबाट प्रियांकलाई पनि केही चोट लागेको छ ।

प्रियांक शर्माले हालै एक अन्तर्वार्तामा यो जानकारी दिएका हुन् । यस बारेमा आफूले कौशम्बी प्रहरी चौकीमा अज्ञात व्यक्तिविरुद्ध उजुरी पनि दिएको प्रियांकले बताए । प्रहरी यस घटनाको अनुसन्धानमा जुटेको छ ।

प्रियांकमाथि आफ्ना आमाबुवासँग अस्पतालबाट बाहिरिने क्रममा आक्रमण भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ। यसबारेमा कुराकानी गर्दै प्रियांकले आफू आमाको चेकअपका लागि अस्पताल गएको बताए । यस क्रममा अभिनेताका बुवा पनि उनीसँगै थिए । अस्पतालबाट बाहिरिने क्रममा उनलाई अज्ञात व्यक्तिले आक्रमण गरेको हो ।

बिग बोस फेम अभिनेताले थप भने, “अचानक कतैबाट त्यो अपरिचित व्यक्ति आयो र ममाथि आक्रमण ग¥यो। र मलाई हिर्काउन थाल्यो। त्यसपछि मैले उनको हात समातेर पछाडि धकेलें। त्यहाँ धेरै हंगामा भएको थियो। अस्पतालमा कोलाहल मच्चियो। प्रशासनबाट दुई जना मेरो उद्धारमा आए र म उहाँहरूप्रति साँच्चै आभारी छु। मलाई आक्रमण गर्ने प्रयास गर्ने व्यक्ति भागे। यो डरलाग्दो अवस्था थियो।“

कौशम्बी प्रहरी चौकीमा अपरिचित व्यक्तिविरुद्ध उजुरी दिएको प्रियांकले बताए । उनले भने, “हामीले पछि अस्पतालमा सम्पर्क गर्ने प्रयास ग¥यौं ताकि सीसीटीभी फुटेज पुलिसलाई बुझाउन सकियोस्, तर अस्पताल सुरक्षाले हामीलाई सीसीटीभी फुटेज दिएन। पुलिसले भारतीय दण्ड संहिताको धारा ३२३ अन्तर्गत मुद्दा दर्ता गरेको छ। ।“

उनले आफूमाथि किन आक्रमण भयो भन्ने कुरा अझै नबुझेको बताए । तर, आफूलाई सामान्य चोटपटक लागेकोमा आफू भाग्यमानी भएको उनी बताउँछन् । “म चाँडै ठिक हुनेछु, तर मलाई थाहा छैन त्यो व्यक्ति को थियो र उसले मबाट के चाहियो,“ उनले भने।

यो हमलापछि २ अगस्टमा प्रियांकले आफ्नो जन्मदिन मनाएका थिए । डेटिङ रियालिटी शो मा भाग लिएपछि प्रियांक रोडिज प्रसिद्धिमा पुगे। यस बाहेक उनी ‘पञ्च बीट सिजन २’ र ‘मम भाइ’ जस्ता वेब सिरिजमा देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्