Logo

सांसदहरुले कहिलेसम्म तलबभत्ता बुझ्न पाउलान्



काठमाडौं, १९ साउन । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालबारे बहस चलिरहेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरमा गर्न सिफारिशको निर्णय गरेसँगै यसबारे बहस चलेको हो ।

निर्वाचन घोषणा भएपछि प्रतिनिधि सभा र प्रदेश सभा स्वतः खारेज हुने कतिपय कानून व्यवसायीको जिकिर छ । तर, ५ वर्षे कार्यकाल हुने भएकाले २२ मंसिरसम्म अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु बहाल रहने तर्क पनि गरिदैछ ।

सरकारले संसद विघटन गरेको छैन । विघटनको निर्णय नगरी चुनाव घोषणा गरेको छ । यसबाट प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले अझै ४ महिना तलब बुझ्ने अवस्था बन्न सक्छ । उनीहरु सांसदकै रुपमा रहने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्