Logo

चिनियाँ विदेशमन्त्री वाङको अमेरिकालाई चेतावनीः आगोसँग खेल्ने नष्ट हुन्छन्



एजेन्सी, १९ साउन । चिनियाँ विदेशमन्त्री वाङ ईले कम्बोडिया भ्रमणमा रहँदै अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनले आगोसँग खेल्ने नष्ट हुने भन्दै अमेरिकालाई औंला ठड्याएर चेतावनी दिएका हुन् ।

‘जसले चीनविरुद्ध अपराध गर्छ त्यसले सजाय पाउँछ,’ अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणबारे सोधिएको पत्रकारको प्रश्नमा वाङले भने,‘आगोसँग खेल्ने नष्ट हुन्छन् ।’

अमेरिकाले लोकतन्त्रको नाममा चीनको सार्वभौमिकताविरुद्ध गतिविधि गरेको आरोप लगाए । पेलोसीको भ्रमणलाई अन्तर्राष्ट्रिय मान्यता विपरितको कदम भने ।



प्रतिक्रिया दिनुहोस्