Logo

गगन थापाको क्षेत्रमा विश्वभक्त बाबाद्वारा उम्मेदवारी घोषणा



काठमाडौं, १९ साउन । धार्मिक अभियन्ता होमबहादुर कार्की (विश्वभक्त बाबा)ले स्वतन्त्रबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ता कार्कीले काठमाडौं क्षेत्र नम्बर ४ बाट धर्म रक्षाको निम्ति उम्मेदवारी दिन लागेको बताए ।

कार्कीले देश हितको लागि प्रत्यक्ष प्रधानमन्त्रीको पक्षमा आफु रहेको समेत स्पष्ट पारे । उनले आगामी भदौ ३ गतेदेखि क्षेत्र नम्बर ४ को प्रत्येक जनताको घर–घरमा गएर आर्शीबाद लिने आफ्नो योजना सुनाए ।

देशको रक्षाको निम्ति उम्मेदवारी दिन लागेको भन्दै युवा युवतीहरुले आफुलाई सहयोग गर्ने पनि विश्वास गरे । नेपालमा ८० प्रतिशत जनता हिन्दु धर्म मान्ने भन्दै उनले आफु धर्मको रक्षार्थ र सत्यको लागि जनतामाझ जानुपर्ने आवश्यकता रहेको धारणा राखे । कार्कीले आफुलाई हिन्दुधर्मालम्बीहरुले मत दिने पनि विश्वास व्यक्त गरे। आगामी चुनावमा धार्मिक व्यक्तिले जित हासिल गरेमात्रै धर्मको रक्षा हुने उनको भनाई थियो ।

राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धर्मबिना देश नरहने बताए । देश नभए संस्कृती र संस्कार पनि नरहने उनले टिप्पणी गरे ।

धार्मिक व्यक्तित्व होम कार्की स्वतन्त्र भएर चुनावी मैदानमा उत्रने घोषणा गर्दा आफुलाई निकै खुशी लागेको सुनाए । नेपाललाई हिन्दुराष्ट्र कायम राख्नुपर्छ भन्दै आएका कार्कीलाई आफुले साथ दिने प्रतिवद्धता व्यक्त गरे । दलिय राजनीतिबाट जनता थाकिसकेको भन्दै उनले देशव्यापी छरिएर रहेका धार्मिक संस्थाहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

सरकारले मंसिर ४ गते निवार्चनको मिति घोषणा गरेको भन्दै चुनावमा उम्मेदवारले भाग नलिएसँम्म बहालवाला पदाधिकारीले नै काम गर्ने कुरामा शंका लागेको बताए । र,उक्त यो कुरा संविधानमा नै उल्लेख नगरिएको उनको भनाई थियो । उनले भने,‘उम्मेदवारी नदिएसम्म उही पुराना वहाल वाला पदाधिकारीले नै काम गरिरहने भन्ने त्यो षड्यन्त्र हो ।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उक्त क्षेत्रमा दुईपटक प्रतिनिधी सभाको चुनावमा जित हासिल गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्