Logo

राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी



काठमाडौं, १९ साउन । सरकारले राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको हो ।

अर्थ सचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । उनी बिदामा बसेका थिए ।

अर्थ मन्त्रालयको फुटेज प्रकरणपछि मरासिनीको अर्थमन्त्री जर्नादन शर्मासँग सम्बन्ध चिसिएको थियो । उनले शर्मा रहेको मन्त्रालयमा नआउने सन्देश दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्