Logo

देशकै सशक्त विद्यार्थी संगठन बन्दै प्राज्ञिक विद्यार्थी परिषद, धमाधम देशभर क्याम्पस समिति गठन



काठमाडौं, १९ साउन । कुनै राजनीतिक दलको भातृ संगठन नभएपनि प्राज्ञिक विद्यार्थी परिषद सशक्त विद्यार्थी संगठनका रुपमा फैलिइरहेको छ । परिषदको देशभर क्याम्पस समिति गठन भइरहेको छ ।

राष्ट्रका लागि व्यक्ति निर्माण अनिवार्य हुने भन्दै प्राज्ञिकले अभियान नै चलाएको छ । पूर्व देखि पश्चिमसम्म प्राज्ञिकको क्याम्पस समिति गठन भइरहेको छ ।

प्राज्ञिकले बिहिबार दाङको घोराहीमा प्राज्ञिक विद्यार्थी परिषद क्याम्पस समिति गठन गरेको छ । यसअघि विभिन्न क्याम्पसहरुमा समिति गठन गरिसकेको छ ।

प्राज्ञिकले देशभरका विद्यार्थीहरुलाई संगठित गर्दै लगेको छ । निकै अनुशासित र एकतावद्ध संगठित विद्यार्थी संगठनका रुपमा प्राज्ञिकले विशिष्ट परिचय बनाइसकेको परिषदका अधिकारीहरुको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्