Logo

मृतक मतदाताको नाम हटाइने



काठमाडौं, साउन २० । निर्वाचन आयोगले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य शुक्रबारबाट नै सुरु गर्ने जनाएको छ । आयोगले मृतक मतदातालाई सूचीबाट हटाउन शुक्रबारदेखि नै जुट्ने प्रस्ट्याएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा मृतक मतदाताको सङ्ख्या करिब छ लाख हुन सक्ने अनुमानमा आयोगले मृतक मतदातालाई हटाएर नामावली अद्यावधिक गर्ने कार्य गर्न लागेको हो । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ तर स्थानीय निर्वाचनमा मृतक मतदाताको नाम सूचीबाट हटाएको थिएन ।

आयोगले यसअघि पनि प्रत्येक महिनाको पहिलो साता नामावली अद्यावधिक गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । पञ्जिकाधिकारी र नामावली दर्ता गर्ने अधिकारीबीच समन्वय हुन नसक्दा मतदाता सूचीबाट मृतक मतदाताको नाम हटेको छैन । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्