Logo

चीनद्वारा ताइवानमाथि आक्रमणको संकेत, बचाऊका लागि अमेरिकी नौसैनिक जहाज बढ्यो



एजेन्सी, २० साउन । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ ।

अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार गरेको हो । उसले अमेरिकाले आगोमा खेल्न खोजेको भन्दै कडा जवाफ दिने चेतावनी दिएको थियो ।

चीनले ताइवानको क्षेत्रमा सैन्य अभ्यास गरेको छ । यसअघि ताइवानको समुन्द्र बाहिर मिसाइल प्रहार गरेपनि जमिनको क्षेत्रमा गरेको थिएन ।
चीनले ताइवानमाथि आक्रमण गर्ने संकेतहरु देखिएसँगै अमेरिकाले पनि सैन्य गतिविधि बढाएको छ । अमेरिकी नौसैनिक जहाज र विमानहरु ताइवानको समुन्द्री क्षेत्रमा दुई हप्ताभित्र पुग्ने भएका छन् । ह्वाइट हाउसले बिहिबार यसको घोषणा गरेको छ ।

अमेरिकी नौसैनिक जहाज यूएसएस रोनाल्ड रेगन ताइवानको समुन्द्री क्षेत्रमा पुग्ने भएको हो । जापानमा आधार बनाएर उक्त नौसैनिक जहाज राखिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्