Logo

भिभो भी२१ई को मूल्य घट्यो, अब ३७ हजारमा खरिद गर्न सकिने



काठमाडौं, २० साउन । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ । भिभोले भी२१ई को मूल्य २ हजार रुपैंयाले घटाएको हो । अब नयाँ मूल्य रु ३७ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भने,“भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।”

भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट शटहरू, र फोर के गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ ।

शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरको साथे प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ । एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ जसकारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुने कम्पनीले जनाएको छ ।

डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियो जस्ता उच्च–स्तरीय विशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहेजस्तो परिणाम दिन्छ । एकै समयमा, प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल शटहरू सहित उत्कृष्ट इमेज क्वालिटी प्रदान गर्दछ ।

फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कम मोसन ब्लर, र समग्रमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडीआर१० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ । यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ ।

यो दुई आकर्षक रंग– रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ । भी२१ई मा क्वालकम स्न्यापड्रेगन ७२०जी प्रोसेसर छ जुन ८जीवी र्याम र १२८जीवी रोममा, ३जीवी एन्सटेन्डेबल र्यामको साथ आउँछ । यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ । ३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् । रु दुई हजारले मूल्य घटेसंगै भी२१ई देशभरको रिटेल स्टोर र इकमर्समा उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस्