Logo

गठबन्धनको विपक्षमा उभिए शंकर पोखरेल



काठमाडौं, २० साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

उनले बलियो शक्ति समृद्धिको आधार भएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली नै एमालेको सरोकार भएको बताएका छन् ।

सरकारले आगामी मंसिर ४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

अहिले सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । गठबन्धनले संसद्को निर्वाचनको लागि सिटको बाँडफाँड गर्नेगरि छलफल थालेको छ ।

एमाले भने एक्लै चुनाव लड्नेगरि अघि बढेको छ । तर, एमालेका शीर्ष नेताहरुले तालमेलको लागि ढोका खुला रहेको बताउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्