Logo

करण जोहरको शोमा आमिर खानले गरे यस्तो खुलासा



एजेन्सी, २० साउन । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान र करीना कपूर हालै करण जोहरको च्याट शो ’कफी विथ करण’ को आगामी एपिसोडमा देखिएका थिए।

शोमा आमिरले आफ्नो फिल्म ’लाल सिंह चड्ढा’ मा महिला मुख्य भूमिकामा करीना कपुर आफ्नो पहिलो रोजाइ नभएको खुलासा गरे। यो सुनेपछि करिनाका फ्यानहरु निकै छक्क परेका छन् ।

यो फिल्मका लागि करीना कपुर तपाईको पहिलो रोजाइ हो ? करणले आमिरलाई सोधेका थिए । यसको जवाफमा आमिरले भने, ‘होइन, हामी यस फिल्ममा २५ वर्षकी अभिनेत्रीलाई कास्ट गर्न चाहन्थ्यौं । किनकि हामीले यस फिल्ममा १८ देखि ५० वर्षको यात्रा देखाउन चाहन्थ्यौं, त्यसैले यो फिल्मको लागि करिना पहिलो रोजाइमा परीनन् ।

शोमा आमिर खानले थप भने, ’कास्टिङ डाइरेक्टरले मलाई धेरै नयाँ अभिनेत्रीको भिडियो देखाउनुभयो, जसमध्ये एक करीनाको पनि थियो। उनको भिडियो हेरेपछि मैले आफ्नो सोच बदल्नु पर्यो । त्यसपछि मैले यो फिल्मका लागि करिना नै उत्कृष्ट हुने बुझेँ । हामीले उमेर समूहको बारेमा सोचेका कुराहरू परिवर्तन गर्यौं । अहिले करीना कपुर ४१ वर्षकी भइन् ।’

शोमा आमिर खानले ‘लाल सिंह चड्ढा’ को मुख्य अभिनेत्रीका लागि आफ्नो पहिलो रोजाइ पनि खुलाएका थिए । उनले करीनाको लागि एउटा विज्ञापनको बारेमा कुरा गरे जसमा उनीसँग अर्की अभिनेत्री थिए, तर आमिरले उनको नाम भने खुलाएनन्। यद्यपि, करणले आमिरलाई आफू कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भन्ने थाहा भएको बताउँछन्।

फिल्म ‘लाल सिंह चड्ढा’मा आमिर र करिनाका अलावा मोना सिंह पनि छिन् । साउथ अभिनेता नागा चैतन्यले पनि यही फिल्मबाट बलिउडमा डेब्यु गरेका छन् । रिपोर्टका अनुसार फिल्ममा शाहरुख खान र सैफ अली खान पनि क्यामियो देखिनेछन् । चलचित्र अगस्ट ११ मा सिनेमाघरमा रिलिज हुने तय भएको छ । यो फिल्म टम ह्याङ्क्सको १९९४ मा बनेको फिल्म ’फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो।



प्रतिक्रिया दिनुहोस्