Logo

के शाहरुखको घर खरिद गर्न सलमानलाई पहिल्यै अफर आएको थियो त !



एजेन्सी, २० साउन । बलिउड अभिनेता सलमान खानलाई हालै एक अन्तर्वार्तामा सोधिएको थियो कि शाहरुख खानसँग के हासिल गर्न चाहानुहुनछ ? यसको जवाफमा उनले आफूलाई शाहरुखको घर मन्नत किन्नको अफर शाहरुखलाई भन्दा पहिला आफुलाई आएको खुलासा गरेका छन् । तर, उनका बुबा सलीम खानले घर खरिद गर्न अस्वीकार गरेपछि उनले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

सलमानले अगाडी भने, ‘शाहरुख खानको घर मन्नत किन्ने प्रस्ताव मैले पहिलो पटक पाएको थिएँ । त्यतिबेला मैले भर्खर करियर सुरु गरेको थिएँ । त्यसपछि मैले यो कुरा बुवा सलीम खानलाई भनेँ, उहाँले मलाई भन्नुभयो, यति ठूलो घर बनाएर के गर्ने ? अब म शाहरुख खानलाई सोध्न चाहन्छु कि तिमी यति ठूलो घरमा के गर्छौ ?’

रिपोर्टका अनुसार शाहरुख खानको घर करिब २०० करोडको छ । उनको घरको क्षेत्रफल २७ हजार स्क्वायर फिटभन्दा बढी छ । मन्नतमा ६ फ्लोर छन् र प्रत्येक फ्लोरमा ५ बेडरुम छन्। घरमा निजी चलचित्र थिएटर, जिम, स्विमिङ पुल र शाहरुखको अफिस पनि छ। उनी यस घरमा श्रीमती गौरी, छोरी सुहाना, जेठो छोरा आर्यन र कान्छो छोरा अबरामसँग बस्छन् ।

यस बाहेक शाहरुखको दुबईमा एउटा घर, एउटा निजी टापु र अलिबागमा एउटा भव्य घर पनि छ । उनको अलिबागको समुद्रतर्फ रहेको बंगला १९,९६० वर्ग फिट क्षेत्रफलमा फैलिएको बताइएको छ । यो आलिशान बंगलामा हेलिप्याड छ । यो घरको इन्टेरियर उनकी श्रीमती गौरी खानले गरेकी छिन् ।

सलमान खानको कुरा गर्ने हो भने अहिले उनी आफ्नो फिल्म ‘कभी ईद कभी दिवाली’ को सुटिङमा व्यस्त छन् । उनी टाइगर सिरिजको तेस्रो फिल्म ‘टाइगर–३’ मा पनि काम गरिरहेका छन् । यस फिल्ममा उनीसँगै कट्रिना कैफ पनि देखिनेछिन् । अर्कोतर्फ, शाहरुख खान सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ मा दीपिका पादुकोणको अपोजिटमा देखिनेछन् । यसबाहेक उनी राजकुमार हिरानीको इमिग्रेसन ड्रामा फिल्म ‘डन्की’को पनि एक हिस्सा हुन् । यससँगै दुवै कलाकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा पनि क्यामियो रोलमा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस्