Logo

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)



काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न तयार रहेको बताएका छन् । तर, निर्वाचनमा एमालेसँग सहकार्य गर्न आउनेहरुको लागि ढोका बन्द नभएको उनले बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का थुप्रै नेताहरुले एमालेले लिएको नीति ठिक छ भनेर भन्ने गरेको सुनाए ।

उनले माधव नेपाल, वामदेव गौतमहरु एमालेसँग सहकार्य गर्न आए वेलकम गर्ने सुनाए । उनले आगामी निर्वाचनमा कम्युनिष्टहरुबीच गठबन्धन बन्ने वा नबन्ने भन्नेबारे अहिले नै त्यसै भन्न नसकिने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्