Logo

राखी सावन्तका प्रेमीलाई आयो धम्की, उनी भन्छिन्,‘म उनी बिना बाँच्न सक्दिन’



एजेन्सी, २० साउन । बलिउड अभिनेत्री राखी सावन्त सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनका कारण सधै चर्चामा रहन्छिन् ।

अहिले हालै अभिनेत्रीका प्रेमी आदिल खान दुर्रानीलाई ज्यान मार्ने धम्की आएको कुरा बाहिर आएको छ । जसको भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोमा राखीले धम्कीलाई खुलेर चुनौती दिएकी छिन् । राखीले भनिन्–‘मलाई धम्की दिन बन्द गर, पहिले मलाई समाप्त गर ।’ राखीले थप भनिन्, ‘हामी एक अर्कालाई माया गर्छौं, हामीले कसैको के गल्ती गरेका छैनौं, किन धम्की दिइरहेका छौँ । आदिल मेरो जीवन हो, म उनी बिना बाँच्न सक्दिन ।’

पछिल्लो समय आदिल र राखी एकअर्कालाई डेट गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्