Logo

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता



एजेन्सी, २० साउन । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेट गरेकी छन् । यसै क्रममा प्रधानमन्त्री किशिदाले जापानले चीनलाई तत्काल ड्रिल बन्द गर्न आग्रह गरेको बताए ।

यसैबीच पेलोसी ताइवानको भ्रमण सकेर जापान आइपुगेकी हुन् । उनले चिनियाँ सैन्य अभ्यासको निन्दा गरेका छिन् । पेलोसीले भनिन्,‘चीनले अमेरिकी अधिकारीहरूलाई ताइवान यात्रा गर्नबाट रोकेर ताइवानलाई अलग गर्न सक्दैन। हामी ताइवानलाई एक्लो हुन दिनेछैनौं। अमेरिकाले चीनलाई यसो गर्नबाट रोक्नेछ।’



प्रतिक्रिया दिनुहोस्